२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत शाहको नक्कली प्रमाणपत्र, अख्तियारले हाल्यो मुद्दा

Nada
२०८१ जेठ २९ गते १७:४३
Shares
सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत शाहको नक्कली प्रमाणपत्र, अख्तियारले हाल्यो मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत लक्ष्मण शाहविरुद्ध मुद्दा दायर गरेको छ ।

ncell

शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको भन्दै अख्तियारले शाहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

शाहले माध्यमिक शिक्षा परिषद्‍, उत्तर प्रदेशअन्तर्गत इन्टरमिडियट तहको परीक्षा उत्तीर्ण गरेको भनि झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको छानबिनबाट पुष्टि भएको अख्तियारको दाबी छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले राष्ट्रसेवकको ओहदा तथा लाभ प्राप्त गर्ने उद्देश्यले निजामती सेवाको कम्प्युटर अपरेटर पदमा प्रवेश गरी बढुवा भइ हाल शाखा अधिकृतमा बहाल रही  भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर