२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

भरूवा बन्दुकसहित एक जना पक्राउ

Nada
२०८१ भदौ १३ गते १६:२९
Shares
भरूवा बन्दुकसहित एक जना पक्राउ

धनकुटाः चौबिसे गाउँपालिका–५ बैकुण्ठे बस्ने ४५ वर्षीय प्रेम बहादुर जोगीलाई भरूवा बन्दुक १ थान, खुकुरी १ थान र चक्कु १ थानसहित बुधबार राती प्रहरीले पक्राउ गरेको छ । 

ncell

सोही ठाउँ बस्ने ४४ वर्षीय भिम सुबेदीसँग बादबिवाद हुँदा मादक पदार्थ सेवन गरेका प्रेम बहादुरले आफ्नो घरमा गई भरूवा बन्दुक ल्याई मारि दिन्छु भनी ताकेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट मौनाबुधुक र इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

ताजा खबर

सम्बन्धित खबर