२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

सरकारले आईजीपीको राजीनामा मागेको छैन : प्रवक्ता पोखरेल

Nada
२०८३ कार्तिक १७ गते १७:१२
Shares
सरकारले आईजीपीको राजीनामा मागेको छैन : प्रवक्ता पोखरेल

काठमाडौँ : सरकारले प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको भन्ने हल्ला पूर्णतः भ्रामक र निराधार रहेको दाबी गरेको छ । 

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले राखेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रहरीभित्रको आन्तरिक सूचना चुहावटको विषयलाई लिएर बाहिर गलत हल्ला फैलिएको बताए ।

प्रवक्ता पोखरेलले प्रहरी संगठनभित्रको आन्तरिक र संवेदनशील सूचनाहरू चुहावट भएको विषयमा प्रहरीले आफ्नै आन्तरिक संयन्त्रमार्फत सामान्य जाँचबुझ र सोधपुछ मात्र गरेको प्रस्ट पारे ।

बरु प्रहरीले सूचना चुहावटको सोधपुछका क्रममा कसैलाई नियन्त्रणमा लिएको भए पनि तुरुन्त रिहा गर्न प्रधानमन्त्रीबाट निर्देशन भएको उनले बताए ।

सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको भन्ने आरोपको खण्डन गर्दै प्रवक्ता पोखरेलले नेपालको संविधानले मिडियालाई दिएको अधिकारप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए 
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर