२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान

Nada
२०८३ कार्तिक १७ गते १४:३३
Shares
रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा प्रदान

काठमाडौं : स्वास्थ्य सेवा विभागले रसुवाको भोटेकोशी–त्रिशूली नदी प्रभावित क्षेत्रमा हालसम्म कुनैपनि महामारी नदेखिएको जनाएको छ । मंगलबार सिंहदरबारमा राष्ट्रिय सभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी, आकस्मिक उपचार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन भइरहेकाले महामारीको अवस्था नरहेको उनले बताए । उनकाअनुसार हाल १४ वटाहोल्डिङ सेन्टरमार्फत २१ हजार ३ सय ९१ जनालाई स्वास्थ्य सेवा प्रदान भइरहेको छ ।

त्यस्तै, ९ हजार ५ सय ६४ जनालाई फिल्डमै आकस्मिक चिकित्सा टोली तथा स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान भइरहेको निमित्त महानिर्देशक पौडेलले बताए । उनले हालसम्म रसुवाको बाढी प्रभावित ९ हजार ३ सय ६८ जनाले मानसिक स्वास्थ्य परामर्श सेवा गरेको बताए ।

बाढी प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट १ सय ३९ जना मानसिक स्वास्थ्य जनशक्ति परिचालन गरिएको समेत उनले बताए । उनले परामर्श लिएका कतिपय बाढी प्रभावित प्रभावितलाई औषधि उपचारसमेत आवश्यक देखिएको जानकारी दिए ।

निमित्त महानिर्देशक पौडेलले बाढी प्रभावित विभिन्न क्षेत्रबाट संकलन गरिएका १५ वटा पानीका नमुनामध्ये पाँच वटामा दिसामा पाइने जीवाणु भेटिएपछि क्लोरिनेसन तथा पानी शुद्धीकरण अभियान चलाइएको समेत बताए । पानी दूषित भेटिएपछि हैजाको सम्भावित जोखिम नियन्त्रण गर्न रसुवामा २१ हजार ६ सय र नुवाकोटमा ८० हजार ५ सय २३ गरी करिब एक लाख दुई हजार नागरिकलाई मुखबाट खुवाइने हैजाविरुद्धको खोप खुवाइएको समेत उनले जानकारी दिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर