२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

असन्तुष्ट नेता कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान

Nada
२०८३ कार्तिक १७ गते १७:२४
Shares
असन्तुष्ट नेता कार्यकर्तालाई एकता प्रक्रियामा आउन माधव नेपालको आह्वान

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । 

मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् । 

नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता कार्यकर्ताहरूलाई विद्रोह गरेर नेकपासँगको एकता प्रक्रियामा सहभागी हुन आग्रह उनले गरे । 

अहिले मुलुकमा रहेका विद्यमान समस्याको समाधानका लागि कम्युनिष्ट शक्तिहरू एकतावद्ध हुन आवश्यक रहेको भन्दै विभिन्न कम्युनिस्ट घटकमा रहेका नेता तथा कार्यकर्तालाई एकतामा आउन पनि आग्रह गरे । 

उनले मोहनविक्रम सिंह, मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वका कम्युनिस्ट घटकहरूलाई समेत समाजवाद निर्माणको निम्ति एकतामा आउन आह्वान गरे ।
 

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर