२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

गगन थापाको राजनीतिक प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पारित

Nada
२०८३ असोज १९ गते १२:४९
Shares
गगन थापाको राजनीतिक प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मत पारित

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मत पारित गरेको छ ।

ncell

खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए ।

सभापति थापाको प्रतिवेदन आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशामा केन्द्रित छ । प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनअघि गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवाको सहभागिता तथा ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालगायत विषय समेटिएका छन् ।

केन्द्रीय समितिबाट पारित प्रतिवेदन आजैदेखि सुरु हुने बन्दसत्रमा प्रस्तुत गरिनेछ ।

यसैबीच, केन्द्रीय समिति बैठक खाना खानका लागि केही समय स्थगित गरिएको छ। सहमहामन्त्री बुढाका अनुसार खाना खाइसकेपछि बैठक पुनः सञ्चालन हुनेछ ।

ताजा खबर

सम्बन्धित खबर