२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार

Nada
२०८३ असोज १९ गते १२:१९
Shares
अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

ncell

यसअघि बाह्रौँ महाधिवेशनदेखि नै निरन्तर महासमिति सदस्य सत्तार कांग्रेसको जारी १५औँ महाधिवेशनमा गोरखा-२ बाट महाधिवेशन प्रतिनिधि छन् ।

कांग्रेसको दुई कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका सत्तारले यस पटक भने मुस्लिम क्लस्टर तर्फबाट सहमहामन्त्रीमा उम्मेदवारीको घोषणा गरेका हुन् ।

सत्तार नेपाली कांग्रेसको भगिनी संगठन नेपाल मुस्लिम सङ्घको संस्थापक सभापति छन् । उनले पार्टीलाई थप सुदृढ र प्रभावकारी एवं समावेशी बनाउन तथा वर्तमान अवस्थामा युवाले चाहेजस्तो सक्षम कांग्रेस बनाउन आफूले पदाधिकारीमा उम्मेदवार दिएको बताए । 

ताजा खबर

सम्बन्धित खबर