२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

संसद्‍मा ‘खुला मञ्च’को खाँचो छ : गगन थापा

Nada
२०८३ असोज १८ गते १८:१८
Shares
संसद्‍मा ‘खुला मञ्च’को खाँचो छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद् र समाजमा ‘खुला मञ्च’को खाँचो रहेको बताएका छन् ।

ncell

आइतबारबाट काठमाडौंको खुला मञ्चमा सुरु भएको पार्टीको १५औं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले संसदको गरिमा जोगाउन प्रधानमन्त्रीको सम्मानजनक उपस्थिति अनिवार्य रहेको बताएका हुन् ।

थापाले संसद अहिले अवरुद्ध र बन्द अवस्थामा रहेको टिप्पणी गर्दै प्रधानमन्त्रीले आफूलाई निर्वाचित गर्ने र नगर्ने दुवै पक्षका सांसदप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए । थापाले केवल संसद मात्र होइन, समाजका विभिन्न तप्कामा पनि संवादको संस्कृति हराएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले पहाड र मधेस, जातजाति र धर्मका नाममा हुने टीकाटिप्पणी भन्दा पनि एकले अर्कासँग गर्ने संवाद नै आजको आवश्यकता भएको औंल्याए । 

सभापति थापाले डिजिटल प्लेटफर्मको प्रयोगमा पनि प्रश्न उठाए । उनले हालको डिजिटल मञ्चमा तथ्य र तर्कभन्दा केवल प्रतिक्रियात्मक प्रवृत्ति हाबी भएको बताउँदै डिजिटल युगमा पनि तार्किक बहस र तथ्यको सम्मान हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।  नागरिक र राज्यबीचको दूरी घटाउन यस्ता मञ्चहरू प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ । 

ताजा खबर

सम्बन्धित खबर