२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

Nada
२०८३ असोज १७ गते १८:३६
Shares
महाधिवेशनका उम्मेदवार प्रदेश र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने

काठमाडौँ : नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति सो पश्चात् हुने प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिमा उम्मेदवार बन्न नपाउने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

ncell

पार्टीको केन्द्रीय निर्वाचन समितिले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै विधानको उक्त व्यवस्थाबारे जानकारी गराएको हो ।

“पार्टीको कुनै तहको अधिवेशनमा उम्मेदवार भएको व्यक्ति सोही अवधिमा हुने सोभन्दा माथिल्लो वा तल्लो तहको कुनै पनि कार्यसमितिको पदमा उम्मेदवार हुन पाउने छैन।” विज्ञप्तिमा उल्लेख छ ।

यस नियम अनुसार, आगामी १५औँ महाधिवेशनमा केन्द्रीय तहको कुनै पनि पदमा उम्मेदवारी दिने व्यक्तिहरू त्यसपश्चात् सञ्चालन हुने प्रदेश तथा जिल्ला कार्यसमितिको चुनावमा उम्मेदवार बन्न पाउने छैनन् ।

ताजा खबर

सम्बन्धित खबर