२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

Nada
२०८३ असोज १६ गते १८:०६
Shares
एमालेका ३३ मनोनीत केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौँ : नेकपा (एमाले)का मनोनीत ३३ जना केन्द्रीय सदस्यले शपथ ग्रहण गरेका छन् ।

ncell

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ गराएका हुन् ।

एमालेको असोज ५ गतेदेखि सुरु भएर ८ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले पार्टी विधानमा रहेको १० प्रतिशत सदस्य मनोनीत गर्न सकिने व्यवस्थाअनुसार ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो। मनोनीतमध्ये १३ जना अन्य पार्टीबाट एमालेमा आएका नेता छन् ।

यी हुन् मनोनीत केन्द्रीय सदस्य
पार्टीबाट मनोनीत केन्द्रीय सदस्यमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्बाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोला छन् ।

त्यस्तै, अन्य पार्टीबाट एमालेमा समायोजन भएर केन्द्रीय सदस्यमा मनोनीत हुनेमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अन्सारी, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले तामाङ, धर्मराज निरौला, रवि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रीत राम र ध्रुव विष्ट छन् ।

स्थायी कमिटीमा सात जना
सोही केन्द्रीय कमिटी बैठकले सात जनालाई स्थायी कमिटी सदस्यमा समेत चयन गरेको थियो ।

स्थायी कमिटीमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा चयन भएका छन् । बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको थियो ।

ताजा खबर

सम्बन्धित खबर