२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

एसियाली खेलकुद : जुडोमा नेपालका चारै जना खेलाडी पराजित

Nada
२०८३ असोज १४ गते १३:१३
Shares
एसियाली खेलकुद : जुडोमा नेपालका चारै जना खेलाडी पराजित

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालका चारै जना खेलाडी पराजित भएका छन् ।

ncell

जापानको ऐचि इन्टरनेसनल एरिनमा आज भएको खेलमा नेपालका चारै जना खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका हुन् । पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन् ।

महिला ५२ केजी तौल समूहमा नेपालकी देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भइन् । त्यस्तै महिला ४८ केजी समूहमा अर्का खेलाडी निशा हङकङकी वङ का लीसँग पराजित भइन् ।

त्यस्तै पुरुष ६६ केजी तौल समूहमा विशेष हङकङका वङ का कीसँग पराजित भए । पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए ।

ताजा खबर

सम्बन्धित खबर