२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

धरानमा शिक्षक माग्दै अनशन बसेका रोजनले तोडे अनशन, पाँचबुँदे सहमति

Nada
२०८३ असोज १३ गते १८:०१
Shares
धरानमा शिक्षक माग्दै अनशन बसेका रोजनले तोडे अनशन, पाँचबुँदे सहमति

काठमाडौँ : धरानका दुई सामुदायिक विद्यालयमा शिक्षक पदपूर्तिको माग गर्दै आमरण अनशन बसेका रोजन शंकरले अनशन तोडेका छन् ।

ncell

धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघा र नगर बाल सञ्जालका प्रतिनिधिबीच पाँचबुँदे सहमति भएपछि रोजनले अनशन तोडेका हुन् । कार्यवाहक मेयर बेघाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर रोजनलाई जुस पिलाउँदै अनशन अन्त्य गराएका थिए ।

धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयमा लामो समयदेखि रिक्त शिक्षक पदपूर्ति गर्नुपर्ने माग राख्दै नगर बाल सञ्जाल आन्दोलनमा उत्रिएको थियो । सञ्जालका अनुसार ज्ञानोदयमा तीन वर्षदेखि र सरस्वतीमा नौ महिनादेखि शिक्षक अभाव रहेको थियो ।

शिक्षक अभावका कारण विशेष गरी कक्षा १० का विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आएको भन्दै बाल सञ्जालले शिक्षक नियुक्तिको माग गर्दै आन्दोलन गरेको थियो।

अनशनका क्रममा माग सुनुवाइ नभएको भन्दै रोजनले केही दिनअघि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयरकै कार्यकक्षमा फिनेल सेवन गरेका थिए । त्यसपछि उनलाई तत्काल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।

सहमति कार्यान्वयन गर्दै दुवै विद्यालयमा तत्काल शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने प्रतिबद्धता कार्यवाहक मेयर बेघाले जनाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर