
काठमाडौं : नेपालको खेलकुद तथा फेसन रिटेल क्षेत्रमा ३१ वर्षको अनुभव हासिल गरेको ब्राण्डहाउस नेपालले आफ्नो आधिकारिक ई-कमर्स प्लेटफर्म 'ब्राण्डहाउस डट कम डट एनपी' औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो निरन्तर वृद्धि र डिजिटल रूपान्तरणको एउटा महत्त्वपूर्ण कोशेढुङ्गाका रूपमा यस अनलाइन प्लेटफर्मको सुरुवात गरेको हो ।
यस नयाँ ई-कमर्स प्लेटफर्ममार्फत नेपालभरका ग्राहकहरूलाई सक्कली तथा आधिकारिक ब्रान्डेड खेलकुद र फेसन सामग्रीहरू सहजै उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस अनलाइन गन्तव्यमा एडिडास, रिबोक, एसिक्स, अन्डर आर्मर, न्यू इरा, लिभाइज, नाइकी र याज्जी जस्ता अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त ब्रान्डका सक्कली उत्पादनहरू एकै ठाउँबाट खोज्न र खरिद गर्न सकिनेछ ।
विगत तीन दशकभन्दा बढी समयदेखि खुद्रा व्यापार र ब्रान्ड व्यवस्थापनमा बलियो उपस्थिति जनाउँदै आएको ब्राण्डहाउस नेपालको कर्पोरेट मुख्यालय काठमाडौंमा रहेको छ । कम्पनीले हाल आठ वटा ब्राण्डहाउस स्टोर र १० वटा फ्ल्यागसिप ब्रान्ड स्टोरहरू सञ्चालन तथा निर्माणको योजनामा राखेको छ । साथै, नयाँ खुद्रा आउटलेटहरू र फ्र्यान्चाइज अवसरहरूमार्फत आफ्नो खुद्रा सञ्जाल देशव्यापी रूपमा थप विस्तार गर्ने रणनीति कम्पनीको छ ।
उपभोक्ताहरूको परिवर्तनदो खरिद शैलीलाई ध्यानमा राख्दै स्थापित भौतिक खुद्रा सञ्जाललाई डिजिटल वाणिज्यसँग जोडिएको छ । यस प्लेटफर्मले ग्राहकहरूलाई जुनसुकै स्थानबाट आफूलाई मनपर्ने अन्तर्राष्ट्रिय ब्रान्डका सामग्रीहरू सजिलै खरिद गर्ने सुविधा प्रदान गर्नेछ ।
कम्पनीका अनुसार यो ई-कमर्स वेबसाइट केवल बिक्रीको थप माध्यम मात्र नभई एकआपसमा जोडिएको अत्याधुनिक खुद्रा इकोसिस्टम निर्माण गर्ने सोचको अभिन्न अंग हो ।