२०८३ असोज १३ गते मङ्गलवार / Sep 29 , 2026 , Tuesday
२०८३ असोज १३ गते मङ्गलवार

विश्व मुटु दिवसमा कलाकार-चिकित्सकबीच मैत्रीपूर्ण फुटसल

Nada
२०८३ असोज १३ गते १५:५०
Shares
विश्व मुटु दिवसमा कलाकार-चिकित्सकबीच मैत्रीपूर्ण फुटसल

काठमाडौं : विश्व मुटु दिवसको अवसरमा 'स्वस्थ मुटु, स्वस्थ जीवन' भन्ने सन्देश फैलाउने उद्देश्यले नेपाल चलचित्र कलाकार संघ र कार्डियाक सोसाइटी अफ नेपालबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

ncell

हात्तिगौंडास्थित मैदान फुटसलमा आयोजित खेलमा कलाकार र चिकित्सकबीच उत्साहजनक प्रतिस्पर्धा भएको थियो । कार्यक्रमको संयोजन चलचित्र कलाकार संघले गरेको थियो ।

नेपाल चलचित्र कलाकार संघको टोलीमा धिरेन शाक्य (टिम क्याप्टेन), आकाश श्रेष्ठ, डि.बी. आले, डम्बर नेपाली, बद्री पंगेनी, पवन गुरुङ, रामशरण जंगम, रविन्द्र खड्का, उत्तम केसी, शिवहरी नेपाल बैरागी, दिनेश डि.सी., दिनेश कार्की, सुनील कटुवाल, जीवन थापा, इन्द्रबहादुर लामा ‘खम्बे’, गोपाल ढकाल ‘छन्दे’, पूजना प्रधान गुरुङ, चन्द्रकला राई, श्रीदेव भट्टराई, नारायण प्रधान, धर्मेन्द्र आचार्य र नवराज दुरा वैद्य लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी कार्डियाक सोसाइटी अफ नेपालको टोलीमा डा. रिजु मानन्धर (टिम क्याप्टेन) सहित डा. चन्द्रमणि अधिकारी, कुन्साङ शेर्पा, चन्द्रमणि पौडेल, राममणि गजुरेल, अमृत बोकटी, निरल तिमल्सिना, पारस कोइराला, प्रवेश राजथला, आनन्द खनाल, निशेष बस्नेत, रणजित बराल, सफल राजभण्डारी, अञ्जन आचार्य, श्रीधर भट्टराई, सोवित खड्का, शिल्पा अर्याल, अञ्जन विष्ट र रवि शर्मा सहभागी थिए ।

कार्यक्रममा बोल्दै चिकित्सक डा. चन्द्रमणि अधिकारी र डा. रिजु मानन्धरले मुटु स्वस्थ राख्न नियमित व्यायाम, सन्तुलित आहार र स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा जोड दिएका थिए । सोही अवसरमा कलाकार धिरेन शाक्य, दिनेश डि.सी. तथा संयोजक रविन्द्र खड्काले पनि खेलकुद र व्यायामले मुटु रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्षले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव गोपाल ढकालले गरेका थिए भने हात्तिगौडास्थित मैदान फुटसलले निःशुल्क मैदान उपलब्ध गराएको थियो ।

ताजा खबर

सम्बन्धित खबर