
काठमाडौं : नेपालीहरूको महान् पर्व दशैं तथा तिहारलाई लक्षित गर्दै सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको सिजी डिजिटलले देशभरका आफ्ना २८ वटा शोरुमहरूमार्फत ‘घरको खुसी, दशैं तथा तिहारको उमंग’ नामक विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले घरायसी इलेक्ट्रोनिक्स तथा होम अप्लायन्सका विभिन्न उत्पादनहरूको खरिदमा २५ प्रतिशतसम्म छुटका साथै पक्का उपहार (स्योर सट गिफ्ट) र लक्की ड्रका आकर्षक अवसरहरू प्राप्त गर्नेछन् ।
यस दशैं–तिहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६ जना भाग्यशाली विजेताहरू छनोट गरिने कम्पनीले जनाएको छ । विजेताहरूले विभिन्न आकर्षक स्मार्टफोन तथा अन्य उपहारहरू जित्ने अवसर पाउनेछन् ।
कम्पनीका देशभर सञ्चालनमा रहेका २८ वटा सिजी डिजिटल र एलजी ब्रान्ड शप शोरुमहरूमार्फत उपभोक्ताले एलजी, सिजी, टिसीएल, गोदरेज, मिडिया, क्रोम्पटन, बेको, सेन्सेई, केन्ट, एलिका, सिजी मेरिडिया, ब्ल्याक एन्ड डेकर र बर्लीजस्ता ब्रान्डका घरायसी सामग्रीका साथै नथिङ, मोटोरोला र एआई प्लसजस्ता मोबाइल ब्रान्डहरू एउटै छानामुनि खरिद गर्न सक्नेछन् ।
यस योजनाअन्तर्गत ग्राहकहरूलाई निश्चित उत्पादनको खरिदमा पक्का उपहारको व्यवस्था गरिएको छ । ८ तथा ९ किलोग्राम क्षमताका वासिङ मेशिन खरिद गर्दा ६ किलोग्राम सर्फ एक्सेलका साथै १० किलोग्रामसम्मको वासिङ मेशिन कभर निःशुल्क पाइनेछ । त्यसैगरी, डिसवासर खरिद गर्दा २ वटा वासिङ ट्याब्लेट निःशुल्क उपलब्ध गराइनेछ । ४३ इन्चदेखि ६५ इन्चसम्मका एलइडी टिभी खरिदमा निःशुल्क वाल ब्र्याकेट र एयर कन्डिसनर (एसिया) खरिदमा निःशुल्क जडान (फ्री इन्स्टलेसन) को सुविधा रहेको छ ।
सिजी डिजिटलको यस योजनामा छुट र उपहारका साथै ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा इएमआई (किस्ताबन्दी) सुविधा, एक्सचेन्ज तथा इएमआई सुविधा, एक्सचेन्ज बोनस, र निःशुल्क डेलिभरीको व्यवस्था गरिएको छ । त्यसैगरी, प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस (पीएमएस) र लोयल्टी क्लब रिभार्ड प्रोग्रामजस्ता थप सुविधाहरू पनि उपलब्ध छन् ।
‘सबै ब्रान्ड एउटै छानामुनि’को अवधारणाअनुसार ग्राहकले एउटै स्थानबाट विभिन्न ब्रान्ड र उत्पादनहरूको तुलना गरी आफ्नो आवश्यकताअनुसार सही छनोट गर्न सक्नेछन् ।
सिजी डिजिटलका काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरूमा गरी २८ वटा शोरुमहरू सञ्चालनमा रहेका छन् । शोरुमहरूमार्फत प्रिमियम उत्पादनहरू, बहु-ब्रान्ड, आकर्षक अफर तथा बिक्रीपछिको सेवा (आफ्टर-सेल्स सर्भिस) एकै ठाउँबाट प्रदान भइरहेको छ ।
ग्राहकहरूले आफ्नो घरका लागि आवश्यक टिभी, रेफ्रिजरेटर, वासिङ मेशिन, एयर कन्डिसनर, डिसवासर, माइक्रोवेभ, एयर फ्रायर, भ्याकुम क्लिनर, र किचेन अप्लायन्स लगायतका सामाग्री खरिद गरी यो योजनाको फाइदा लिन सक्नेछन् । अफर सम्बन्धी थप जानकारी तथा नियम र सर्तहरूका लागि नजिकैको सिजी डिजिटल शोरुममा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।