
काठमाडौँ : नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु. ३० अर्बको एक महिने निक्षेप संकलनको बोलकबोल आह्वान गरेको छ ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको बोलकबोलमा इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने जनाएको छ । राष्ट्र बैंकका अनुसार घटीमा रु. १० करोड र बढीमा रु. १० करोडले भाग गर्दा नि:शेष भाग जाने गरी कूल आह्वान रकमसम्म गर्न सकिनेछ ।