२०८३ असोज १२ गते सोमवार / Sep 28 , 2026 , Monday
२०८३ असोज १२ गते सोमवार

नेकपा प्रमुख सचेतक दुलालको प्रश्न : के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ ?

Nada
२०८३ असोज १२ गते १२:५८
Shares
नेकपा प्रमुख सचेतक दुलालको प्रश्न : के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ ?

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । 

ncell

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । देशमा जारी बाढी पहिरोको विपत्ति र पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मध्यरातको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरे। सांसद दुलालले पछिल्लो चार दिनदेखि देशका विभिन्न भागमा अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले पीडित नागरिकको तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न माग गर्दै सरकार विपत्तिको समयमा नागरिकलाई राहत दिनुको साटो अन्यत्र केन्द्रित भएको आरोप लगाए । दुलालले पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पक्राउ गरिएको घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे ।  

उनले पक्राउ पुर्जीबिना नै मध्यरातमा गरिएको गिरफ्तारीलाई ‘गैर कानुनी राज्यको दृष्टान्त’ र ‘अराजकता’को संज्ञा दिए । 

दुलालले प्रश्न गरे ,‘हामी कानुनी राज्यमा छौँ कि अराजकताको बाटोमारु यो देश सरकारमा बसेकाहरूको निजी बिर्ता होइन । खाएपछि मध्यरातमा जोश र मध्याह्नमा होस आउँछ ? सरकारले यसको जवाफ दिनुपर्छ ।’

सुरक्षा थ्रेटको बहानामा गरिएको गिरफ्तारी र १२ घण्टा नबित्दैको रिहाइलाई उनले सरकारको ‘बहुलाठीपूर्ण पागलपन’ भन्दै टिप्पणी गरे । विगतमा पूर्व प्रधानमन्त्री र अहिले पूर्वप्रधानन्यायाधीशलाई गरिएको व्यवहारले कानुनी राज्यको उपहास भएको उनको दाबी छ । उनले सरकारलाई संवैधानिक र कानुनी बाटोबाट देश सञ्चालन गर्न पुनः सचेत गराए । 

ताजा खबर

सम्बन्धित खबर