२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

बालविवाह न्यूनीकरणका लागि महिला सञ्जाल गठन

Nada
शिवजी मण्डेल
२०८१ साउन २५ गते ११:३२
Shares
बालविवाह न्यूनीकरणका लागि महिला सञ्जाल गठन

बझाङ : बझाङमा थलिनौबिस महिला सञ्जाल गठन गरिएको छ । जिल्लाको थलिनौबिस क्षेत्रका महिलाहरूलाई समेटेर थलिनौबिस महिला सञ्जाल गठन गरिएको हो । 

ncell

साउन २२ गते छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ६, ७ र दुर्गाथली गाउँपालिका वडा नम्बर ५, ७ का महिलाहरुको भेलाबाट महिला सञ्जाल गठन गरिएको हो ।

नवगठित महिला सञ्जालले  विभिन्न निर्णय गरेको छ । थलीनौबिसमा बालविवाह न्यूनीकरण गर्दै बिस्तारै बालविवाह अन्त्य  गर्ने, थलिनौबिसभित्र शुभकार्य सामाजिक कार्य गर्दा मदिरा बिक्री वितरण तथा सेवनलाई  निरुत्साहित गर्ने, थलीनौबिस क्षेत्रका संस्कृति, परम्परा जोगाउन महिलाहरु सक्रिय तथा सकारात्मक ढंगले अघि बढिरहने, स्थानीय सरकार, प्रशासन र सरोकारवाला सबैको समन्वय, सहयोगमा आवश्यक गतिविधिहरु गर्नेजस्ता निर्णयहरु गरिएको सञ्जालले जानकारी दिएको छ ।

सम्बन्धित खबर