२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कविता : खुसीको इन्द्रेणी

Nada
लक्ष्मण सिटौला
२०८२ चैत २१ गते ०६:०५
Shares
कविता : खुसीको इन्द्रेणी

जब
आकाशको 
आँखा पग्लिनेछ 
र झरीले, हाम्रो अतीत यात्राको 
एउटा पुरानो कथा सुनाउन थाल्छ, 

ncell

तब म तिमीलाई एकपटक 
फेरि त्यही ठाउँमा लैजान्छु,
त्यही घाटमा, 
मस्र्याङ्दी घाटमा
जहाँ घण्टौं बसेर 
किनारमा 
एक–अर्काको अनुहार हेथ्र्यौं
बिरिन्चोक बजारले
हामीलाई कुरिरहेजस्तो लाग्थ्यो
मलाई अझैसम्म याद छ
भीमसेनपार्कमा पिएको कफीको सुगन्ध 
अनि तिम्रो शरीरबाट उड्दै गरेको 
प्रेमको माद

त्यो त्यही बजार हो
जहाँबाट तिम्रा सपनाहरू उठेका थिए
सिमलु भुवाजस्तै 
जिन्दगीको बलेनीबाट 
जहाँ कैयौंपटक थकित भएर 
दियो बालेर सुतेको घामलाई 
उज्यालो बनाउने कोसिस ग¥यौं हामीले 
जिन्दगी यादहरूको
लमतन्ने पहाड हुन
एक नसकिँदै अर्को आउँछन्
यात्रामा विराम नलाग्दै
फेरि घुम्नु छ अतीतमा
फेरि पिउनु छ
भीमसेनपार्कमा कफी
र हेर्नु छ बिरिनचोकको
चाँदनी रात

जहाँ 
जुनलाई ऐना देखाएर तिमी 
आफ्नो रमाइलोमा बग्दै जान्थ्यौ

धेरैचोटि अलमस्त भएर
हामीले हात समाती घुमेको गोर्खा बजार 
त्यो घामको न्यानो सम्झिन्छु
त्यो घरनजिकैको 
अग्लो पिल्लरमाथिको राजा सम्झिन्छु
त्यो पोखरी त्यहीँ त छ आज पनि 
जहाँ हामी सबेरै घुम्न जान्थ्यौं

तिम्रो छोटो घाँगर 
पानीमाथि तैरिनु 
अनि मुनि खै कुन्नि
डाँडामाथि भर्खरै 
टुसा उम्रेको जुनजस्तो
अर्धचाँदनी 
पुलुक्क हेर्थें म
धेरैअगाडि कोशी घाटमा एकचोटि 
नीलो आकाशले निलिमा झारेजस्तै 
खै कस्तो कस्तो एउटा मीठो 
गुलाफी काउकुती !
आकाशले खसालेको
झंकृत खुसीको इन्द्रेणी सम्झना !
आखिर जिन्दगी 
सम्झनाको यात्रा न हो !

uae

सम्बन्धित खबर