२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

कविता : मन्जिलको दुस्मन

Nada
जगन्नाथ पौडेल
२०८२ फागुन ३० गते ०६:००
Shares
कविता : मन्जिलको दुस्मन

पाठकः (१) लेख्छ,

ncell

मन्जिलको कविता छुने रहर छ

मन्जिलको मसी हुने रहर छ


श्रोता (१) बोल्छ,

मन्जिलको कवितै होइन 

मन्जिल कवि नै होइन 


मलाई दुस्मनमा लेख्यो उसले

मन पराएझैं बेसरी कुट्यो उसले

मञ्चमा मेरै कुरा चुट्यो

कविताभरि मेरै इज्जत लुट्यो


श्रोता  (१, २) भन्छन्,

मलाई जून मन पर्दैन भन्ने आरोप लगायो

मलाई उसको सकुन मन पर्दैन भन्ने दोष लगायो

मलाई उसको जस्तो मन्जिल नभएको 

घोषणा गर्‍यो

शब्दले फकाउँदै 

मेरो वस्त्र खोल्यो र

अर्थले अंग छोयो 

र लेख्दा अँध्यारोमात्र रोज्यो

मेरैबारे बोलेर चर्चा बटुल्यो

मेरैबारे लेखेर पर्चा छपायो

रातारात नाम कमायो

त्यतिले पुगेन दाम कमायो


श्रोता (१, ३) भन्छन्,

ऊ सेतो कपासझैं नरम छ रे

म रातो अँगारझैं गरम छु रे


ऊ भन्छ,

कुलो भएर धान लहराउनुपर्छ

अब्बल भएर नाम फहराउनुपर्छ

ऊसँग मेरो कुरै मिल्दैन 

ऊसँग मेरो जुरै मिल्दैन

ऊ कुरैकुराले अघाउँदैन


तर त्यो पनि उसकै कुरा गर्छ

भन्छ,

उसको कविता नीलो पानी हो

ऊ बग्ने प्रकाश हो

तर 

मलाई अक्षर उड्नेहरू मन पर्दैन

मलाई आविष्कार चढ्नेहरू मन पर्दैन


मेरो दुस्मन मन पराउने त्यो÷तँ (पाठक) –

मेरो दुस्मन


मन्जिल –

(कवि नभएर उद्देश्य अर्थ आउनसक्छ ।)

मेरो मन्जिलको दुस्मन 


आविष्कारक (१) भन्छ,

दुस्मन – आफ्नै रसायन हो, अरूको शरीर होइन ।


लेखक (१) भन्छ,

मान्छे–मान्छेलाई दुस्मन लेख्छ,

गौंथली किन दुस्मन देख्दैन ?

uae

सम्बन्धित खबर