२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

'बालन' पुस्तक सार्वजनिक

Nada
२०८२ फागुन ३ गते ११:५३
Shares
'बालन' पुस्तक सार्वजनिक

इलाम : श्रीनारायण चापागाईंद्वारा रचना गरिएकाे 'बालन' सार्वजनिक गरिएको छ ।

ncell

इलाम जिल्लाकाे माईजाेगमाई गाउँपालिका-५ स्थित साेयाङकाे सिम्लेमा फागुन २ गते आयाेजना गरिएकाे एक कार्यक्रममा उक्त कृति सार्जजनिक गरिएकाे हाे । श्रुति परम्पराबाट आएकाे 'बालन'लाई लेखक चापागाईंले २०१२ सालमा रचना गरेका पाण्डुलिपि भेटिएपछि उक्त रचनाले पुस्तककाे रूप पाएकाे लेखक स्वर्गीय चापागाईंका नाति कमलप्रसाद चापागाईंले जानकारी दिए ।

इलामकाे सिम्लेमा आफ्नै अग्रसरतामा पाठशाला सञ्चालन गरी पढाउन थालेका स्व. श्रीनारायण उपाध्याय चापागाईंले आफ्ना शिष्यहरूलाई सिकाउन उक्त बालनकाे रचना गरेका उनका काइँला छोरा कृष्णप्रसाद चापागाईंको भनाइ छ ।

श्रुति परम्परामा मात्र जीवित रहेकाे बालन लोक साहित्य र लोक संगीतको एउटा सुन्दर रूप भएको, तर यसको संरक्षण हुन नसकेकाले लोप हुने खतरा बढेको भन्दै स्व. चापागाईंका कान्छा छोरा चन्द्र चापागाईंले बालन संरक्षणकै लागि बुबाले लेखेको 'बालन' प्रकाशन गरिएको बताए ।

uae

सम्बन्धित खबर