२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

सडक दुर्घटनामा ज्यान गुमाएका तामाङको परिवारलाई संखुवासभा समाज कतारको सहयोग

Nada
तिलु शर्मा पौडेल
२०८२ पुष १७ गते १८:५०
Shares
सडक दुर्घटनामा ज्यान गुमाएका तामाङको परिवारलाई संखुवासभा समाज कतारको सहयोग

दोहा, कतार : काठमाडौंमा सडक दुर्घटनामा मृत्यु भएका संखुवासभाको चैनपुर नगरपालिका खाम्लिङ-९ निवासी अनिल तामाङको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

ncell

संखुवासभा समाज कतारले मृतक तामाङको बालबच्चाको लालनपालनमा सहज होस् भन्ने हेतुले १ लाख २० हजार रुपैयाँ वडा अध्यक्ष शान्तिबहादुर कार्कीको रोहबरमा मृतककी श्रीमती सज्ज माया तामाङलाई हस्तान्तरण गरेको हो ।

समाजमा विभिन्न व्यक्तिहरूबाट संकलित रकम जम्मा गरी सहयोग पठाइएको समाजका अध्यक्ष बिरेन मादेनले बताए । समाजले बालबालिकाको भविष्यका लागि आवश्यक परेमा थप सहयोग जुटाउन पहल गर्ने जनाएको छ ।  ४ जना सन्तानका पिता रहेका तामाङले काठमाडौंमा रोजगारी गर्दै आफ्नो जीवनयापन चलाउँदै आए पनि केही समय पहिले दुर्घटनामा ज्यान गएपछि परिवार निकै अप्ठ्यारोमा परेको समाजका महासचिव शिवकुमार खत्रीले बताए ।

केही समय पहिले समाजले आगलागीबाट पीडित चैनपुर-४ मैदानेको एक परिवारलाई १९ हजार ९ सय रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

uae

सम्बन्धित खबर