२०८३ कार्तिक १० गते मङ्गलवार / Oct 27 , 2026 , Tuesday
२०८३ कार्तिक १० गते मङ्गलवार

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

Nada
२०८२ मंसिर २३ गते १९:५१
Shares
चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

काठमाडौं : चीनले मंगलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । 

यो रकेट चीनको उत्तर–पश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट बिहान ११ः४१ बजे (बेइजिङ समय) उडान भरेको थियो र उपग्रहले निर्धारित कक्षा सफलतापूर्वक प्राप्त गरेको छ ।

याओगान–४७ उपग्रह मुख्यतः राष्ट्रिय भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल निर्माण, बाली उत्पादन अनुमान, वातावरण व्यवस्थापन र विपद् पूर्वतयारी तथा न्यूनीकरणका काममा प्रयोग हुने बताइएको छ । 

याओगान–४७ ले निर्धारित कक्षामा प्रवेश गरेर चीनको अवलोकन र डेटा संकलन क्षमतामा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । यो प्रक्षेपण लङ–मार्च शृंखलाको ६१४औं मिशन हो ।

ताजा खबर

सम्बन्धित खबर