२०८२ मंसिर १२ गते शुक्रवार / Nov 28 , 2025 , Friday
२०८२ मंसिर १२ गते शुक्रवार
Ads

रास्वपा पार्टी एकता र संगठन विस्तारमा केन्द्रित

shivam cement
२०८२ मंसिर १२ गते १९:००
Shares
रास्वपा पार्टी एकता र संगठन विस्तारमा केन्द्रित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आज बसेको सचिवालय बैठकले पार्टी एकता, संगठन विस्तार र अनुशासन प्रवद्र्धनलाई केन्द्रमा राखेर महत्त्वपूर्ण निर्णयहरू गरेको छ । 

बैठकमा उच्च संवाद समितिको प्रगतिबारे ब्रिफिङ गरिएको थियो । परिवर्तनका पक्षधर शक्तिहरूको ध्रुवीकरणमा रास्वपाले अगुवाइ गरिरहेको उल्लेख गर्दै विवेकशील साझा पार्टीसँगको एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरिएको छ । यस सन्दर्भमा आजै बेलुका केन्द्रीय समितिको विशेष बैठक बस्ने पनि निर्णय भएको पार्टी प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, केन्द्रीय अनुशासन आयोगमा पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेललाई वरिष्ठ सल्लाहकार र अधिवक्ता सुशीला सिंखडालाई सदस्यमा मनोनयन गरिएको छ । 

पार्टीको उम्मेदवार छनोट अडिट समिति कोषाध्यक्ष लिमा अधिकारीको संयोजकत्वमा गठन गरिएको छ, जसमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्र सदस्य छन् । 

यसका साथै, १५ जना नेताहरूलाई विभिन्न केन्द्रीय विभागहरूमा सदस्यमा मनोनयन गरिएको छ । मनोनयन पाउनेहरूमा डा. जनकराज पन्त, मुक्ति पाण्डे, रामकुमार पुरी, प्रदीप तिमल्सेना (साजन), मिन्तिरा लामा, पेशल सुवेदी, सुनिल खतिवडा, टक्कर स्वाँर, प्रवेश राई, हरि श्रेष्ठ, जानीका जोशी र रामकृष्ण श्रेष्ठ छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले संस्थागत सुदृढीकरण र राजनीतिक ध्रुवीकरणमा स्पष्ट दिशा लिएको छ । आगामी दिनहरूमा थप रणनीतिक घोषणाहरू आउनेछन् ।’

ADV

ताजा खबर

सम्बन्धित खबर