२०८२ मंसिर १० गते बुधवार / Nov 26 , 2025 , Wednesday
२०८२ मंसिर १० गते बुधवार
Ads

जसपाले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

shivam cement
२०८२ मंसिर ९ गते २१:५५
Shares
जसपाले बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । हालै सम्पन्न केन्द्रिय कार्यकारिणी समितिको बैठकले मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

पार्टीले मंसिर ११ देखि १५ गतेसम्म विभिन्न सहर–बजारमा विरोध कार्यक्रम र कोणसभा गर्दै जनपरिचालन गर्नेछ । मंसिर १९ र २१ गते जिल्ला प्रशासन कार्यालयका अगाडि प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना हुनेछ ।

त्यसैगरी मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्ला स्तरीय विरोध सभा आयोजना गरिनेछ । प्रदेशस्तरीय जनप्रदर्शनका कार्यक्रमअनुसार पुस १२ गते विराटनगर, १४ गते जनकपुर, १५ गते वीरगन्ज र १७ गते भैरहवामा प्रदर्शन हुनेछ ।

अन्य अतिरिक्त विरोध कार्यक्रमहरू जिल्ला वा प्रदेश समितिले आवश्यकताअनुसार निर्णय गर्न सक्ने बताएका छन् ।

ADV

सम्बन्धित खबर