२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

जेन्जी आन्दोलनको योगदान संरक्षणमा मन्त्री खरेलको प्रतिबद्धता

shivam cement
राजकुमार भुजेल
२०८२ मंसिर ७ गते २१:५१
Shares
जेन्जी आन्दोलनको योगदान संरक्षणमा मन्त्री खरेलको प्रतिबद्धता

दोलखा : सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेलले जेन्जी आन्दोलनले दिएका योगदानहरू खेर जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

कालिनाग माध्यमिक विद्यालयमा आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले राजनीतिक अस्थिरता र सत्ता–स्वार्थले शिक्षा र विकास क्षेत्रमा बाधा पुर्‍याएको बताए ।

मन्त्री खरेलले स्थिर सरकार, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै सबै दल जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । चुनाव नजिकिँदै गएकाले योग्य नेतृत्व छनोट महत्वपूर्ण भएको उनको भनाइ थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति बर्जुराम घतानीले जेन्जी आन्दोलनपछि समेत राजनीतिक सुधार अनिवार्य रहेको बताए । मन्त्री खरेलले सोमबार चरिकोटमा कार्यालय प्रमुखहरूसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

ADV

सम्बन्धित खबर