
काठमाडौं : पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया बानेश्वरस्थित आफ्नै घरमा मृत फेला परेका छन् । आत्महत्या गरेको आशंका गरिए पनि वास्तविकताबारे अनुसन्धान जारी छ ।
श्रीमती र एक छोरीसँग बस्दै आएका खनिया रेडियो पत्रकारितामा परिचित नाम हो ।
कम्युनिकेशन कर्नर, रेडियो सगरमाथालगायतमा काम गरेका खनिया २०६३ सालदेखि हास्यव्यंग्य रेडियो सञ्चालन गर्दै आएका थिए ।