
काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आफ्नो संक्षिप्त राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको छ । आज (आइतबार, मंसिर ७) राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममार्फत संक्षिप्त राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको हो ।
नेता जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिबद्धतामा पार्टीले ‘नेपाली माटो हाम्रो बाटो’ नारासहित विगतका कमजोरीप्रति आत्मालोचना गर्दै आगामी दिनमा सुधारको स्वघोषणा गरेको छ ।
पार्टीले राजनीतिक, आर्थिक र नीतिगत पुनर्संरचना गरी पुनर्जागरण आन्दोलन चलाउने तथा भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने घोषणा गरेको छ । समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिक नेपाली समाजवादलाई आफ्नो मूल मार्गदर्शक मानिने जनाएको छ ।