२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

लोकतान्त्रिक परिपाटीको सुदृढीकरणमा अध्यक्ष ओलीको जोड

shivam cement
२०८२ मंसिर ६ गते १६:२९
Shares
लोकतान्त्रिक परिपाटीको सुदृढीकरणमा अध्यक्ष ओलीको जोड

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताएका छन् । 

सो पार्टीद्वारा आज काठमाडौंको भृकुटीमण्डपमा आयोजित जनसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि  गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको तर्क गरे । उनले पार्टीको भ्रातृ संगठन राष्ट्रिय स्वयंसेवक फोर्स सबैको सुरक्षाका निम्ति भएको स्पष्ट पारे । 

पार्टीका महासचिव शंकर पोखरेलले संविधान र लोकतन्त्रकाको सुदृढीकरणका लागि एमाले  निरन्तर क्रियाशील रहने बताए । 

त्यस अवसरमा पार्टीका वाग्मती प्रदेश कमिटीका इञ्चार्ज डा.राजन भट्टराई, सचिव नवराज सिलवाललगायत वक्ताले पार्टीको जनपरिचालनको उद्देश्यबारे चर्चा गरेका थिए ।

ADV

सम्बन्धित खबर