
काठमाडौंः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार नोभेम्बर २७ लाई रुस–युक्रेन द्वन्द्व अन्त्य गर्न आफ्नो प्रशासनले प्रस्ताव गरेको २८ बुँदे शान्ति योजना स्वीकार गर्ने समयसीमा तोकेका छन् ।
उनले भनेका छन्, ‘मैले धेरै समयसीमा लिएको छु तर यदि चीजहरू राम्रोसँग काम गरिरहेका छन् भने, तपाईं समयसीमा बढाउने झुकाव राख्नुहुन्छ ।’
युक्रेनले भूमि गुमाइरहेको र छोटो समयमा गुमाउने बताए । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रवार अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको फोन वार्तापछि युक्रेनी पक्ष शान्तिको बाटोलाई साँच्चै सम्भव बनाउन राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको स्तरमा अमेरिका र युरोपसँग मिलेर काम गर्न सहमत भएको बताउनुभएको छ । राष्ट्रलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने,‘युक्रेनले अब धेरै कठिन विकल्पको सामना गर्नसक्छ ।’