
काठमाडौं : मंसिर ७ गते बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार समूहबीच एकता घोषणा हुने भएको छ ।
वृहत् एकता सभाको तयारी तीव्र रूपमा जारी रहेको नेसपा प्रचार प्रमुख रेखी गुरुङले बताए । राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा अन्य केही समूहलाई पनि सहभागी गराउनेबारे छलफल भइरहेको उनले जानकारी दिए ।
नेसपा, प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबीच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भइसकेको छ । एकता सभामा नयाँ र वैकल्पिक राजनीतिक दलहरूलाई मात्र निमन्त्रणा दिइनेछ । अतिथि बोलाउनेबारे निर्णयका लागि श्ुक्रबार दिउँसो बैठक बस्ने जनाइएको छ ।
यसैबीच, नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग पनि एकताका लागि संवाद जारी राखेपछि पनि निष्कर्षमा भने पुग्न बाँकी रहेको प्रवक्ता कृष्ण शर्माले बताए ।