२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छ : अध्यक्ष दाहाल

shivam cement
२०८२ मंसिर ४ गते १६:३०
Shares
मंसिरभित्रै राष्ट्रिय सभाको अधिवेशन आह्वान हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिने बताएका छन् ।

बिहीबार निर्माणाधीन संसद् भवनको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मंसिर महिनाभित्र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी तयारी भइरहेको बताएका हुन् ।

उनले आगामी अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्न नसकिने स्पष्ट भएको पनि बताए । नयाँ संसद् भवनको काम रफ्तारमा अघि बढे पनि अझै सम्पन्न नभएको उनले बताए । यसका लागि सबैले ताकेता गर्न जरुरी रहेको उनको भनाइ थियो ।

आगामी प्रतिनिधि सभाको बैठकका लागि झनै समस्या हुने उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको अबको अधिवेशन कृषि समितिको हलबाट सञ्चालन गर्नेगरी तयारी थालेको बताए ।

अध्यक्ष दाहालले सबैले ताकेता गरेपछि छिटो सम्पन्न हुने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर