२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’

shivam cement
२०८२ मंसिर ५ गते १०:५७
Shares
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’

भोजपुर : यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ ।  

स्वस्थानीव्रतकथाअनुसार दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भई यो शक्तिपीठ उत्पत्ति भएको हो । यहाँ देशविदेशबाट भक्तजन आउने गरेका छन् । 

सिद्धकालीको दर्शन गरेमा रोगब्याध हट्ने, सुखशान्तिका साथै समुन्नति हुने धार्मिक विश्वास छ । स्थानीय पण्डित कमल दाहालका अनुसार देशका विभिन्न भागबाट यहाँ भाकल गर्न भक्तहरू आउने गरेका छन् । यहाँ आश्विन र चैत्र शुक्लपक्षका साथै एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावणमा विशेष पूजा हुने गरेको छ । 

शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधाकृष्ण, हनुमान् मन्दिर छन् भने आसपासका क्षेत्रमा सिद्ध एवं नारायण गुफा छन् । यी स्थानको दर्शन गर्न टाढा टाढाबाट भक्तजन आउने गरेका छन् । 

ADV

सम्बन्धित खबर