२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

आगामी निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

shivam cement
२०८२ मंसिर ४ गते १८:४३
Shares
आगामी निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

काठमाडौंः राष्ट्रिय सुरक्षा परिषद्को बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) को मस्यौदा आवश्यक संशोधनसहित स्वीकृत गरेको छ । 

बिहीवार सिंहदरबारमा  बसेको सुरक्षा परिषद्को बैठकले यो निर्णय गरेको हो । बैठकले नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्षा उक्त मस्यौदा पेश गर्ने निर्णय गरेको हो । 

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने समेत निर्णय भएको छ ।  

ADV

ताजा खबर

सम्बन्धित खबर