२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

shivam cement
२०८२ मंसिर ३ गते १८:४९
Shares
नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ । 

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको वार्तामा सहभागी नेकपाका नेता देव गुरुङले जानकारी दिए । 

वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, प्रकाश ज्वाला सहभागी छन् । जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव, रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायत सहभागी छन् । 

विभिन्न १२ वामघटक मिलेर नेकपा बनेसँगै अशोक राई नेतृत्वको जसपासँग लगातार एकता वार्ता चलिरहेको नेकपा कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए ।

वार्तामा सहभागी अर्का नेता प्रकाश ज्वालाले सैद्धान्तिक, प्राविधिक र संगठनात्मक विषयमा घनिभूत छलफल गरी चाँडै निष्कर्षमा पुगिने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर