२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

पार्टी छोडेर जाँदैमा रास्वपाले कसैको खेदो खन्दैन : प्रवक्ता झा

shivam cement
२०८२ मंसिर ३ गते १७:१७
Shares
पार्टी छोडेर जाँदैमा रास्वपाले कसैको खेदो खन्दैन : प्रवक्ता झा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले नख्खु कारागारमा गएर पार्टी सभापति रवि लामिछानेलाई नभेटेको भन्दै पार्टीका पूर्वनेता सन्तोष परियारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टीका पूर्वनेता परियारले एक अन्तर्वार्ताका क्रममा भेट्ने समय नमिलेर लामिछानेलाई नभेटेको प्रतिक्रिया दिएसँगै प्रवक्ता झाको यो अभिव्यक्ति आएको हो ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सल्लाह गरेर जान सकिने भएपनि परियारले त्यसो नगरेको भन्दै गुनासो गरे ।

धनगढी, रुपन्देहीको कारागारमा भएको भए छुट्टै कुरा हुने भन्दै उनले चार किलोमिटर टाढा रहेका सभापतिसँग भेट्न नगएको उनले बताए । रास्वपा पार्टी छोडेर जाँदैमा खेदो खन्ने पक्षमा नरहेको पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘के गरौं म भनेर सल्लाह गर्न सकिन्थ्यो । त्यो आवश्यक ठान्नुभएन । रुपन्देहीमा, धनगढीमा भएको अर्को कुरा । तर चार किलोमिटर टाढा हुनुहुन्छ । उहाँ जानुभएन । भेट्नुभएन । पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले हिजोमात्रै गएर साढे तीन घण्टा भेटेर निस्किनुभयो । उहाँले पर्याप्त समय पाउनु हुन्थ्यो । कसैको स्टुडियोमा गएर सदाशयता देखाउनुपर्ने थिएन । हामी अरु दल जस्तो पार्टी छोडेर कोही जाँदैमा उहाँको खेदो खन्ने, उहाँको मान मर्दन गर्ने, त्यस्तो अभ्यास हामीले सुमनाजीको बेलामा पनि गरेनौं ।’

ADV

ताजा खबर

सम्बन्धित खबर