२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

देवघाट धाममा शतबीज छर्ने घुइँचो

shivam cement
२०८२ मंसिर ३ गते ०७:५१
Shares
देवघाट धाममा शतबीज छर्ने घुइँचो

तनहुँ  : पितृ उद्धारको कामना गर्दै देवघाटमा शत बीज छर्नेको घुइँचो लागेको छ । मंललवार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छत बीज छरेका हुन् ।

देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँलगायत स्थानबाट छत बीज छर्न आएका हुन् । शत बीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाट धाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शत बीजका रूपमा छर्ने गरिन्छ ।

ADV

सम्बन्धित खबर