२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

पक्राउ परेको १२ घण्टा नबित्दै पूर्वसांसद र लोसपाका नेता रिहा 

shivam cement
२०८२ मंसिर २ गते २०:२३
Shares
पक्राउ परेको १२ घण्टा नबित्दै पूर्वसांसद र लोसपाका नेता रिहा 

काठमाडौं : मधेस प्रदेशमा मुख्यमन्त्री कार्यालय तोडफोड प्रकरणमा मंगलबार पक्राउ परेका पूर्वसांसद परमेश्वर साह र लोसपाका नेता जिबेन्द्र झा धरौटीमा रिहा भएका छन् । अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका उनीहरूलाई जिल्ला सरकारी वकिलमार्फत सिडियो प्रेमप्रसाद लुईंटेलसमक्ष पेश गरिएको थियो । 

सिडियोले धरौटीमा छोड्ने निर्णय गरेपछि उनीहरू रिहा भएका हुन् । नयाँ मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादका क्रममा कार्यालय तोडफोड, कर्मचारी कुटपिट र राष्ट्रिय झण्डा फाल्ने गतिविधिमा उनीहरू सक्रिय रहेको आरोप लगाइएको थियो । 

कुटपिट भएको भनिएका कर्मचारीहरूले कारबाहीको माग गर्दै कात्तिक २४ गते जिल्ला प्रशासनमा ज्ञापन बुझाएका थिए । त्यसपछि अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले आज बिहान १० बजे उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

दुवै जना पक्राउ परेको बाह्र घण्टा नबित्दै रिहा भएका छन् ।

ADV

सम्बन्धित खबर