२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

बञ्चरेडाँडा–सिसडोल प्रभावित स्थानीयद्वारा भोलिदेखि फोहोर विसर्जन रोक्ने घोषणा 

shivam cement
२०८२ मंसिर २ गते १८:२०
Shares
बञ्चरेडाँडा–सिसडोल प्रभावित स्थानीयद्वारा भोलिदेखि फोहोर विसर्जन रोक्ने घोषणा 

काठमाडौं : सरकारले धोका दिएको भन्दै बञ्चरेडाँडा–सिसडोल प्रभावित स्थानीयले भोलि (बुधबार)देखि पुनः काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोक्ने घोषणा गरेका छन् । 

आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै धुनिबेशी, ककनी र बेलकेटगढीका स्थानीयले १५ दिनभित्र माग पूरा गर्ने मन्त्री कुलमान घिसिङको प्रतिवद्धता पूरा नभएका भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको बताए । 

गत १२ कात्तिकमा फोहोर रोक्दा सरकारको आश्वासनपछि अवरोध हटाइएको थियो । तर, १५ दिन बित्दा पनि काम नहुँदा मेयर बालेन शाहदेखि सहरी विकास मन्त्रालयसम्म सबैले जिम्मेवारी टारेको आरोप स्थानीयले लगाए । उनीहरूले अब स्थायी रूपमा फोहोर विसर्जन नदिने चेतावनी पनि दिएका छन् । 

स्थानीयका अनुसार सहमति कार्यान्वयन नहुँदा दुर्गन्ध, लिच्चड र स्वास्थ्य समस्या झन् गम्भीर बन्दै गएपछि बुधबारदेखि कुनै पनि गाडीलाई फोहोर ल्याउन नदिने निर्णय गरिएको हो । प्रधानमन्त्री सुशीला कार्कीले उपत्यकाका मेयरहरूसँग फोहोर संकटबारे छलफल गरे पनि दीर्घकालीन समाधान अझै नदेखिएको स्थानीयको भनाइ छ ।

ADV

सम्बन्धित खबर