२०८२ मंसिर २ गते मङ्गलवार / Nov 18 , 2025 , Tuesday
२०८२ मंसिर २ गते मङ्गलवार
Ads

निर्वाचनमा होमिने भए विप्लव, चुनावचिह्न गुलाब

shivam cement
२०८२ मंसिर २ गते १५:४५
Shares
निर्वाचनमा होमिने भए विप्लव, चुनावचिह्न गुलाब

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने घोषणा गरेका छन् । आज (मंगलबार) उनले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र र प्रेमको प्रतिक मानिने गुलाफको फूल चुनाव चिन्ह प्राप्त गरेका छन् । 

विप्लवले कात्तिक ११ गते दल दर्ताका लागि निवेदन दिएका थिए । उनले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) राखेका छन् । माओवादी केन्द्र १० वामघटकसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेपछि विप्लवले पनि पार्टीको नाम फेरेका हुन् । 

२०५२ सालको जनयुद्धमा विप्लव सहभागी भएका थिए । शान्ति प्रक्रियामा सामेल भएपछि कुनै निर्वाचनमा भाग लिएका थिएनन् । माओवादी विभाजन पश्चात् विप्लव मोहन वैद्य ‘किरण’ समूहबाट अलग भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरेका थिए । सोही नेकपाको आडमा उनले केही वर्ष हिंसाको राजनीति नगरेका होइनन् । त्यसपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई वार्तामार्फत मूलधारको राजनीतिमा ल्याएको थियो । त्यसयता उनले हिंसा त्यागेर उत्पादन र एकीकृत जनक्रान्तिको अभियानलाई निरन्तरता दिने बताएका छन् ।  

ADV

सम्बन्धित खबर