
काठमाडौं : नेकपा (एमाले)का निवर्तमान सांसदहरू छलफलमा जुटेका छन् ।
पछिल्लो राजनीतिक तथा समसामयिक घटनाक्रमबारे सांसदहरू छलफलमा जुटेको एमाले नेता महेश बर्तौलाले जानकारी दिए ।
उनका अनुसार विघटित संसद्, संसद् पुनस्र्थापनाका लागि सर्वोच्च अदालत जाने वा नजानेबारे छलफल भइरहेको छ ।
यसबारे आज (मंगलबार) ठोस निर्णय हुनसक्ने बर्तौलाले बताएका छन् ।
छलफलमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरू सहभागी छन् ।
बैठक पार्टी मुख्यालय ललितपुरस्थित च्यासलमा बसिरहेको छ ।