२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

शुक्रबार उद्घाटन भएको शान्ता चौधरीको अचार आउटलेटमा आगलागी

shivam cement
२०८२ कार्तिक ३० गते १०:३२
Shares
शुक्रबार उद्घाटन भएको शान्ता चौधरीको अचार आउटलेटमा आगलागी

काठमाडौं : नेकपा (एमाले) नेतृ शान्ता चौधरीको अचारको आउटलेटमा आगजनी भएको छ । शुक्रबार मात्रै भव्य उद्घाटन भएको वीरेन्द्रनगर शाखामा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो ।

नेतृ चौधरीले आगलागीमा संलग्नलाई कारबाही गर्न माग गरेकी छन् । उनले आफ्नो जिन्दगीका हरेक प्रयासमा आगलागी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चौधरीले लेखेकी छन्, ‘जिन्दगीको हरेक प्रयासमा आगो नै लाग्छ मलाई । सुर्खेतको शान्ताको अचार आउटलेट्मा कुन अपराधीले आगो लाइदिएछ । नेपाल प्रहरीलाई तत्काल अपराधी पत्ता लगाई कारबाहीका लागि अनुरोध गर्दछु ।’

प्रहरीका अनुसार अचार उद्योगमा आइतबार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । दमकलको सहयोगमा प्रहरीले तत्काल आगो निभाए पनि शुक्रबार उद्घाटन भएको उद्योगमा ठुलो क्षति भएको छ ।

प्रारम्भिक अनुसन्धानबाट आगो पसलसँगै रहेको फेन्सी स्टोरबाट सुरु भई अचार पसलमा फैलिएको देखिन्छ । आगजनीबाट चौधरीको करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यद्यपि, प्रहरीले क्षतिको यकिन विवरण बनाउने काम गरिरहेको छ ।


 

ADV

सम्बन्धित खबर