२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

विपद् व्यवस्थापन कोष परिचालन सम्बन्धी अभिमुखीकरण सम्पन्न

shivam cement
सन्तोष पौडेल
२०८२ कार्तिक २९ गते २१:२३
Shares
विपद् व्यवस्थापन कोष परिचालन सम्बन्धी अभिमुखीकरण सम्पन्न

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा पूर्वानुमानमा आधारित प्रतिकार्य तथा विपद् व्यवस्थापन कोष परिचालन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना तथा प्लान इन्टरनेशनल नेपाल र वि ग्रुपको साझेदारीमा सञ्चालित ‘प्रयास’ परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

परियोजना संयोजक लक्ष्मी प्रसाद शर्माले कार्यक्रममा सहभागीहरूले स्थानीय विपद् व्यवस्थापन कोष परिचालनसम्बन्धी कार्यविधि र तयार प्रक्रियाबारे स्पष्ट बुझाइ पाएको बताए ।

कार्यक्रममा सहभागीहरूले विपद् जोखिमको पूर्वानुमान, ट्रिगर मेकानिज्म, पूर्वसूचना पाएपछि तत्काल चाल्नुपर्ने प्रतिकार्य कदम र कोषको प्रभावकारी उपयोगबारे आवश्यक ज्ञान प्राप्त गरेको बताएका थिए । 

कार्यक्रमले स्थानीय तह, विपद् व्यवस्थापन समिति तथा सरोकारवालाबीच भूमिकाको स्पष्टता र सहकार्यमा मजबुत आधार तयार गरेको गाउँपालिकाले जनाएको छ ।

अभिमुखीकरण कार्यक्रममा गेरुवा गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी र उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

ADV

सम्बन्धित खबर