
ललितपुर : नेपाल प्राध्यापक संघ नमूना मच्छिन्द्र क्याम्पस इकाईको अध्यक्षमा कर्णबहादुर बोहरा चयन भएका छन् । उनको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।
उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सह–सचिवमा क्रमशः मञ्जु दाहाल, टीका बन्धन, एन्जिल नेपाल र सुरेन्द्र विष्ट छन् । नमूना मच्छिन्द्र क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरूको भेलाले साजन सुवेदी, उमेश आचार्य, मिना पाण्डेय र देवकी ओझालाई कार्यसमितिका सदस्य चयन गरेको छ ।
कार्य समितिको कार्यकाल ३ वर्षको हो । ललितपुरको लगनखेलमा अवस्थित यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपालकै दोस्रो सामुदायिक क्याम्पस हो ।
संघले प्राध्यापकहरूको हकहित र सेवा सुविधाका लागि क्याम्पस सञ्चालक समितिसँग समन्वय गरेर कार्य गर्नेछ । साथै नेपाल पब्लिक क्याम्पस संघका विभिन्न फोरमहरूमा प्रतिनिधिमूूलक उपस्थिति जनाउछ । हरेक वर्ष हुने क्याम्पस सभामा कार्यसमितिको महत्वपूर्ण भूमिका रहन्छ ।
यो क्याम्पस २०३७ स्थापना भएको हो । त्यसयता नमूनामा संघको इकाइ रहे पनि निष्कृयझैँ थियो । २०६४ सालमा क्याम्पसको नयाँ विधान आएपश्चात प्राध्यापक संघ क्रियाशिल रहदै आएको छ ।