
रुकुमपश्चिम : नेपाल जनजागरण मञ्च रुकुमपश्चिमको १९औं साधारणसभा सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिकाको वडा पाँच खारखोला अर्थात स्यार्पुतालको छेउमा साधारणसभा सम्पन्न भएको हो ।
जनजागरण मञ्चले रुकुमपूर्वको भुमे गाउँपालिका र पुथाउत्तरगङ्गा गाउँपालिकामा अपाङ्गता पुन स्थापना कार्यक्रम र रुकुम पूर्वकै जिल्लाहरूमा सामुदायिक सुरक्षा तथा सशत्तीकरण परियोजना कार्यक्रम गरेको छ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर एक र दुईमा बहु-सरोकारवाला साझेदारी कार्यक्रम गरिरहेको मञ्चका अध्यक्ष टेकबहादुर कुसारीले बताए ।
त्यसैगरि सहयोगी निकाय भने युएमएन, फास्टेएन एक्सन नेपाल र आफ्नै संस्थाको रहेको बताएको छ । संस्थाले स्थानीय स्वास्थकर्मीहरुलाई मनोसामाजिक प्राथमिक उपचारसबन्धी तालिम, स्वास्थकर्मीलाई मोडेल एक र दुईसम्बन्धी तालिम, विद्यालय पोषण, मानसिक स्वास्थ र सरसफाइका कक्षा सन्चालन, करेसाबारी निर्माणका लागि तालिम र बीउ सहयोगजस्ता कार्यक्रम सन्चालन गरिरहेको छ ।
बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगरले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए । मञ्चका अध्यक्ष कुसारीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बाँठाको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व गाउँपालिका अध्यक्ष धर्मबहादुर केसि, ३ नम्बर वडाअध्यक्ष तिलवीर केसिलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन मञ्चका सहसचिव दीपेन्द्र महतराले गरेका थिए ।