२०८२ कार्तिक २९ गते शनिवार / Nov 15 , 2025 , Saturday
२०८२ कार्तिक २९ गते शनिवार
Ads

मधेस प्रदेशमा भारतले आन्दोलन भड्काउने काम गर्‍योः मुख्यमन्त्री यादव

shivam cement
२०८२ कार्तिक २९ गते १३:०९
Shares
मधेस प्रदेशमा भारतले आन्दोलन भड्काउने काम गर्‍योः मुख्यमन्त्री यादव

काठमाडौंः मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा आन्दोलन भड्काउने काममा भारतको हात रहेको आरोप लगाएका छन् । 

शनिवार जनकपुरमा मधेसवासीको नाममा सम्बोधन गर्दै उनले वीरगञ्जमा रहेको भारतीय काउन्सिलरका प्रतिनिधिमार्फत मधेसमा आन्दोलन भड्काउने र मधेसी जनतालाई दुःख दिने काम भइरहेको जिकिर गरेका हुन् । मधेसमा दलहरु फुटाउने र जुटाउने खालको धम्की दिने काम पनि भारतीय पक्षले गरिरहेको मुख्यमन्त्री यादवको भनाइ थियो ।

मुख्यमन्त्री यादवले आफूमाथि समेत सुरक्षा थ्रेट रहेको बताए । सुरक्षाकर्मीहरुले आफूलाई सुरक्षा चुनौति रहेको भन्दै आएको उल्लेख गर्दै उनले आन्दोलनकारीहरुले आफूलाई निशाना बनाएको दाबी समेत गरे । उनले आफू संवैधानिक ढंगबाट सरकारको नेतृत्वमा आएको र कुनै माग भए संवादमार्फत समाधानको बाटोमा अघि बढ्न पनि आन्दोलनकारी राजनीतिक दलहरुलाई आग्रह गरे । 

मुख्यमन्त्री यादवले भारतीय पक्षले दबाब दिएको कारण मधेस प्रदेशमा आन्दोलनकारीहरुसँग वार्तामा बस्ने वातावरण समेत बन्न नसकेको पनि उल्लेख गरे ।  

ADV

सम्बन्धित खबर