२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

मधेश प्रदेशमा भएको गैरसंवैधानिक निर्णयविरुद्ध उप-सभापति सिंहको कडा आपत्ति

shivam cement
२०८२ कार्तिक २८ गते ११:०३
Shares
मधेश प्रदेशमा भएको गैरसंवैधानिक निर्णयविरुद्ध उप-सभापति सिंहको कडा आपत्ति

सर्लाही : मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख सुमित्रा देवी भण्डारी र सभामुख रामचन्द्र मण्डलद्वारा गरिएको गैरजिम्मेवार, गैरसंवैधानिक गतिविधिप्रति नेपाली कांग्रेस मधेश प्रदेशका उप-सभापति तथा पूर्व मन्त्री एवं प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहले कडा आपत्ति जनाएका छन् । उनले आफनो सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट लेख्दै आपत्ति जनाएका हुन् । 

उप–सभापति सिंहले प्रदेशको नेतृत्व तहबाट भएका यस्ता कदमले केवल मधेश प्रदेशलाई अस्थिरतामा धकेल्ने मात्र होइन, लोकतान्त्रिक पद्धतिलाई कमजोर पार्ने गम्भीर प्रयास भएको बताएका छन् । उनले भने “संविधानविपरीत भएको निर्णय र क्रियाकलापले प्रदेशको राजनीतिक वातावरणलाई दूषित बनाएको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न सबै सचेत नागरिक एकजुट हुन आवश्यक छ ।”

सिंहले सम्पूर्ण लोकतान्त्रिक दलहरू, नागरिक समाज तथा लोकतन्त्रप्रेमी जनसमुदायलाई गैरसंवैधानिक क्रियाकलापविरुद्ध आवाज उठाउन आह्वानसमेत गरेका छन् ।

उनले लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण र संवैधानिक मर्यादाको रक्षा सबैको साझा दायित्व रहेको उल्लेख गर्दै मधेश प्रदेशलाई अस्थिर बनाउने योजनामाथि व्यापक प्रतिरोध गर्न आग्रह गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर