२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

shivam cement
प्रवेश बिष्ट
२०८२ कार्तिक २७ गते २१:१६
Shares
पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

विराटनगर : नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार दिउँसो करिब १२ः१५ बजे विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको को १ झ ६५० नम्बरको सरकारी स्कारपियोले को ९ प ७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट ग्रामथान गाउँपालिका–५ का ३५ वर्षीय प्रवेश चौधरी गम्भीर घाइते भएका थिए । स्थानीयले उनलाई उद्धार गरी विराटनगरस्थित विराट नर्सिङ होममा पुर्‍याएका थिए, तर दिउँसो ३ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । प्रहरीका अनुसार स्कारपियो चालक पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ४० वर्षीय गम्भीरमान सार्कीलाई नियन्त्रणमा लिएको छ । सार्की आङ्बोका स्वकीय सचिव हुन् । 

माओवादी नेता आङ्बो प्रदेशका पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत हुन् । दुर्घटना हुँदा उनी गाडीमा सवार थिएनन् । प्रदेशसभा सचिवालयले उनलाई प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा गाडी उपलब्ध गराएको थियो । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

ADV

सम्बन्धित खबर