२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

‘जनता र न्यायको पक्षमा काम नगर्दा अकल्पनीय परिस्थिति सिर्जना भयो’

shivam cement
राजकुमार भुजेल
२०८२ कार्तिक २७ गते २१:११
Shares
‘जनता र न्यायको पक्षमा काम नगर्दा अकल्पनीय परिस्थिति सिर्जना भयो’

चरिकोट : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनता र न्यायको पक्षमा काम गर्न नसक्दा अकल्पनीय परिस्थिति सिर्जना भएको बताएका छन् । 

जिल्ला सदरमुकाम चरिकोटमा आयोजित ‘स्थानीय सरकार सशक्तिकरण कार्यक्रम’अन्तर्गत अन्तरपालिकास्तरीय असल अभ्यास आदान–प्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले अबका दिनमा तीनै तहका सरकारहरूले जनताको हित र विकासमा केन्द्रित भएर काम गर्नुपर्ने बताए ।

मुख्यमन्त्री बानियाँले वर्तमान अन्तरिम सरकार बन्नुको मुख्य कारण जनताको आवाज सुन्न नसक्नु रहेको उल्लेख गर्दै अब यस्ता गल्ती दोहोरिन नहुने दाबी गरे । उनले पारदर्शी, उत्तरदायी र जनताप्रतिको जिम्मेवारीपूर्ण कार्यशैली अपनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा दोलखाका ९ पालिकाका प्रमुख तथा उपप्रमुखसँगै कोशी प्रदेशको दमक नगरपालिका, मधेस प्रदेशको मिथिला नगरपालिका, गण्डकी प्रदेशको वालिङ र गल्याङ नगरपालिका, लुम्बिनी प्रदेशको तानसेन नगरपालिका, कर्णाली प्रदेशको विरेन्द्र नगरपालिका तथा सुदूरपश्चिम प्रदेशको टिकापुर र भजनी नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी थिए ।

ADV

सम्बन्धित खबर