२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

आसन्न निर्वाचनमा सुरक्षा सुनिश्चित गर्ने आईजीपी कार्कीको प्रतिबद्धता

shivam cement
२०८२ कार्तिक २७ गते १५:१२
Shares
आसन्न निर्वाचनमा सुरक्षा सुनिश्चित गर्ने आईजीपी कार्कीको प्रतिबद्धता

काठमाडौँ : प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले देशमा सुशासन कायम राख्दै आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने सरकारको अभिभारा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि गृह मन्त्रालयमा आफ्नो भनाइ राख्दै उनले यस्तो बताएका हुन् ।

आईजीपी कार्कीले असाधारण परिस्थितिमा प्राप्त जिम्मेवारीप्रति सचेत र सजग रहेको उल्लेख गर्दै नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा निकाय, गैरसरकारी संस्था र समुदायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै संगठनमा सुदृढ नेतृत्व र सामूहिकता प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, “प्रहरी संरचना र भौतिक पूर्वाधारको पुनः स्थापना, आवश्यक हतियार, सवारीसाधन र स्रोतको सुनिश्चितता गर्ने साथै प्रहरीहरूको मनोबल उच्च राख्नु उत्तिकै जरुरी छ । अपराध, लागूपदार्थ दुरुपयोग, आत्महत्या र सडक दुर्घटनाका चुनौतीहरूलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न प्रहरी संगठनलाई बलियो र उच्च मनोबलयुक्त बनाउन आवश्यक छ ।”

आईजीपी कार्कीले सूचना प्रविधि, अपराध प्रवृत्ति र जनताको सुशासनप्रतिको अपेक्षाअनुरूप उच्च क्षमतावान् प्रहरी संगठन निर्माण गर्नु साझा जिम्मेवारी रहेको पनि बताए । साथै, प्रहरीलाई आवश्यक पोषण र सुविधाको व्यवस्था सरकारले सुनिश्चित गर्नुपर्ने उनले जोड दिए ।

ADV

सम्बन्धित खबर